अपराध कर्ममा जनप्रतिनिधि

शिलापत्र

कृष्णसिंह लाेथ्याल

५ साउनमा पर्साको मैनपुर गाउँपालिका-१, धोरेका वडाध्यक्ष अम्बिका सहनीलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गर्‍यो।

वीरगञ्ज महानगरपालिकाकाे बर्वास्थित तिलावे पुलनजिक राति जाँच गर्दा वडाध्यक्ष सहनी सवार ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटरसाइकलमा ७९ ग्राम खैरो हिरोइन फेला परेको थियो। पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

उनीसँगै अर्को मोटरसाइकल ना ६२ प १९४२ नम्बरमा सवार बलिस्टर सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लियो। उनी सोही वडाका वडा सदस्य हुन्। उनको साथबाट समेत प्रहरीले लागूऔषध फेला पारेको थियो। 

उनीहरू दुवैमाथि प्रहरीले लागूऔषध मुुद्दामा अनुसन्धान गरिरहेको छ। 

पर्सामा स्थानीय तहका जनप्रतिनिधि लागुऔषधजस्तो गम्भीर अभियोगमा पक्राउ परेको २३ दिनपछि रुपन्देहीमा अर्का जनप्रतिनिधि जघन्य प्रकृतिको अपराधमा मुछिए। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लालाई २८ साउनमा प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गर्‍यो।

प्रकाशित मिति: : 2021-08-15 07:15:00

प्रतिकृया दिनुहोस्