‘अरू मुड आउँदा गीत लेख्थे, म मुड बनाएर लेख्थेँ’

बाह्रखरी

नरेश फुयाँल

रेडियो नेपालमा सुनेर आइडल मानेका व्यक्ति थिए, उनी। हर चलचित्रका गीतमा उनले संगीत भरेका समाचार आउँथे। अक्सर अधिकांश चलचित्रका एउटा न एउटा गीत उनले गाएकै हुन्थे। र, हिट पनि हुन्थे। 

त्यसैले हर संगीतप्रेमीका आदर्श थिए, शम्भुजित बास्कोटा। रेडियो नेपालले लिने अन्तर्वार्तामा उनको स्वर सुनेर दयाराम पाण्डेले आफ्नो मथिङ्गलमा शम्भुजितको तस्बिर कल्पना गरेका थिए। र, आफ्नो आदर्श मानेका थिए। 

वि.सं. २०५३ सालमा काठमाडौं प्रवेश गर्दा दयारामसँगै प्रवेश गरेका केही थान सपनामध्ये गीतकार बन्ने पनि एउटा थियो। त्यो सपनालाई विपनामा रूपान्तरण गर्ने उनको मनमौजी योजना थियो। त्यो योजना पूरा गर्ने माध्यम शम्भुजित हुन्छन् भन्ने उनको निष्कर्ष थियो। त्यही आकांक्षा बोकेर उनी काठमाडौंमा शम्भुजितलाई खोज्न थाले। 

प्रकाशित मिति: : 2021-08-14 10:34:00

प्रतिकृया दिनुहोस्