मुख्यमन्त्रीका सल्लाहकार बने एमाले सांसदबाट राजीनामा दिएका डाँगी

File Photo
File Photo

एमाले सांसदबाट राजीना दिएका अम्मरबहादुर डाँगी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकाे प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहणपछि  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी राज्यमन्त्री सरहकाे सेवा सुबिधा पाउने गरी मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त  भएका हुन्।

नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए। जसका कारण यसअघिका मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा परेको थियो।

दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पुर्ब मेयर समेत भइसकेका हुन्।

प्रकाशित मिति: : 2021-08-13 09:30:00

प्रतिकृया दिनुहोस्