पर्दा पछाडिको हिरो : जो देखाउँछन् काँचको पर्दामा कलाकारको अनुहार

थाहा खबर

काठमाडौँ
Breaknlinks
Breaknlinks

 गीत अब केबल सुन्ने विषय मात्र बनेन। हेर्ने साधन पनि बनेको छ। गीतलाई चर्चामा ल्याउन भिडियोको भूमिकालाई अपरिहार्यताको रूपमा लिन थालिएको छ। त्यसैले त अचेल गीतमा स्तरिय भिडियो बनाउन लगानी गर्नेको कमी छैन। कलाकारको छनोटदेखि लिएर लोकेशन छनोटलाई पनि महत्वपूर्ण रुपमा लिने गरिएको छ।

ती लोकेशन र कथाका पात्रलाई दृश्यमा उतार्ने अर्को व्यक्ति हो क्यामेराम्यान। काँचको पर्दामा दृश्य उतारेर दर्शकलाई आकर्षित गर्नु उनीहरूको मुख्य काम हो। क्यामरा केवल दृश्य उतार्ने सामान मात्र नभएर यसतर्फ आकर्षित व्यक्तिले आफ्नो कला देखाउने चिज हो। फरक फरक एंगल र आकर्षित बनाउन क्यामराको महत्व छ। त्यो भन्दा बढि महत्व क्यामरा चलाउने व्यक्तिको छ।  

गीतको भिडियोमा अभिनय गर्ने व्यक्ति सेलिब्रेटी बन्छ। तिनै सेलिब्रेटीलाई क्यामरामा उतार्ने क्यामराम्यान नी?

भिडियो निर्माण गर्न उल्लेख्य मिहिनेत गरिरहेका पर्दा पछाडिका व्यक्तिको चर्चा भने खासै सुनिएको पाइदैन।  उनीहरू सधैं पर्दापछाडि रमाउँछन्। काम गर्छन्। अनि दर्शकलाई गीततर्फ आकर्षित गरिदिन्छन्।

पात्रहरूले निभाएका चरित्रमा कलाकारको दुख हामीले देख्छौँ। महसुस गर्छौं। तिनै कलाकारहरूलाई खिच्ने क्यामेराम्यानको दुख: त्यो भन्दा बढि हुने गर्छ। तर उनीहरूलाई लाइमलाइटमा आउने न लोभ छ, न त कुनै चर्चाको । उनीहरूको तर्क हुने गर्छ, 'हामीले गर्ने कामले दर्शक आकर्षित हुनुपर्छ। दर्शकले मन पराइदिनु नै हाम्रा लागि खुशीको कुरा हो।'

क्यामराको मुल्यको तुलनामा उनीहरूले पाउने पारिश्रमिक कम नै छ। जसले गर्दा यसतर्फ आकर्षित भएका व्यक्तिहरू म्युजिक भिडियो निर्माणका साथसाथै डकुमेन्ट्री निर्माण र 'वेडिङ' भिडियोमा पनि काम गरिरहेका छन्।  

प्रकाशित मिति: : 2021-08-13 08:38:00

प्रतिकृया दिनुहोस्