कुलमानको दोस्रो इनिङ्स : आफ्नै मानकलाई उछिन्नुपर्ने दबाब

अनलाइनखबर

रवीन्द्र घिमिरे

नेपालमा लोडसेडिङ अन्त्यको अभियानको अगुवाई गरेर चर्चामा आएको नाम हो ‘कुलमान घिसिङ’। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकाएर भदौ २०७७ मा विदा भएका उनी ११ महिनापछि फेरि त्यही जिम्मेवारीमा फर्किएका छन्।

अघिल्लो पटक ‘कुशलता’ जाँच्न प्राधिकरणको नेतृत्वमा आएका कुलमान अब्बल ठहरिँदै बाहिरिएका थिए। अहिले ‘कुशल व्यवस्थापक’का रुपमा आएका कुलमानलाई हिजो आफैंले कायम गरेको मानकलाई उछिन्नुपर्ने चुनौती छ।

बुधबार प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण गरेका कुलमान  पनि त्यसलाई स्वीकार गर्दै भन्छन्, ‘प्राधिकरणका मेरो दोस्रो इनिङ्स जीवनकै सबभन्दा ठूलो चुनौती हो। म नतिजा ल्याउन कुनै पनि सम्झौता गर्न सक्दिन।’

प्रकाशित मिति: : 2021-08-12 06:42:00

प्रतिकृया दिनुहोस्