राजेन्द्रलाई बोकेर हिँड्दा महन्थमा ‘विचलन’!

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि जनता समाजवादी पार्टी (जसपा) नेता महन्थ ठाकुर अहिले मधेशका जिल्ला दौडाहामा छन्।
ठाकुरका साथै उनीपक्षीय राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारीलगायतका नेताहरू जिल्ला–जिल्ला पुगेर कार्यकर्ता भेलामा जुटेका छन्।

साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय ग¥यो। र, त्यसको ११ दिनसम्म ठाकुर मौन बसे। उपेन्द्र पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा दायर गरेको रिटको फैसला कुर्नुबाहेक ठाकुरसँग अर्को विकल्प बाँकी थिएन।

ठाकुरले सोचेजस्तो आयोगको निर्णय खारेज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदियो। राजनीतिक जीवनको उत्तरार्द्धमा पछिल्लो समय एकपछि अर्को ठक्करले ‘निराश’ बन्दै गएका उनी अन्ततः जिल्ला–जिल्ला पुगेर अगुवा कार्यकर्ता भेटेर भलाकुसारी गर्ने निर्क्याेलमा पुगे।

 

प्रकाशित मिति: : 2021-08-10 22:11:00

प्रतिकृया दिनुहोस्