त्रिविले समकक्षता नदिँदा उच्च शिक्षा पढ्नबाट वञ्चित भए ‘सीए’ विद्यार्थी

शिलापत्र

काठमाडौँ

 कौशल काफ्ले

दाङका सुवास महराले सन् २०१७ मा भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट नियमित ३ वर्षे स्नातक उत्तीर्ण गरे गरे । उनी भारतमै सीए पनि अध्ययन गरिरहेका थिए । सीए इन्टर र इन्दिरा गान्धी विश्वविद्यालयबाट स्नातक गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिएर त्रिविबाटै स्नातकोत्तर गर्ने विचार गरे । तर, आन्तरिक समस्याले तत्काल भर्ना गरेनन् । अनुकूल मिलेपछि पढ्न खोजे, त्रिविले अनुमति दिएन ।

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट १ वर्षे बीकम (लेखा र वित्त) र १ बर्षे एमकम (वित्त र कर) पढ्न सकिने व्यवस्था सीएको बोर्ड (आईसीएआई) ले गरेको छ ।

जसअनुसार विद्यार्थीहरू सीए इन्टर र ३ वर्षे ट्रेनिङ सकेर १ वर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातक डिग्री हासील गर्न सक्छन् । सीए भएकाले १ वर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातकोत्तर डिग्री हासिल गर्छन् ।

तर, सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सीए र इन्दिरा गान्धी विश्वविद्यालयबाट पढेर उपरोक्त डिग्री लिएर आएकालाई समकक्षता दिन नमिल्ने भन्दै महराको उच्च शिक्षामा त्रिविले बाधा पुर्‍यायो । पाँच महिनाअघि भर्नाका लागि त्रिवि पुग्दा समकक्षता दिन बन्द गरिएको भन्दै महरा फर्काइए । जबकि उनीसँगै अध्ययन सकेका साथीहरू भने तत्काल भर्ना भएकाले हाल त्रिविमै अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति: : 2021-08-10 18:25:00

प्रतिकृया दिनुहोस्