आमासँग रिसाएर घर छाडेकी किशोरी २० हजार भारुमा बेचिइन्

अहिले भन्छिन्, ‘आमाको गाली पनि माया नै हो’

रातोपाटी

काठमाडौं

१६ वर्षीया गृष्मा (नाम परिवर्तन) कक्षा ८ मा पढ्दै थिइन् । मोरङ स्थायी घर भएकी उनको परिवारले चिया नास्ताको पसल सञ्चालन गर्थे । बुवा, आमासँगै उनी पनि त्यही चिया पसलमा काम गर्थिन्, परिवारको रोजीरोटी चलिरहेकै थियो ।

तर गत वैशाख ९ गते उनी एकाएक घरबाट गायब भइन् । ९ गते हराएकी उनी १० गते त घर आउँलिन् भन्ने परिवारलाई लागेको थियो । तर गृष्मा घर फर्किनन् । त्यसपछि वैशाख ११ गते बल्ल परिवारले इलाका प्रहरी कार्यालय रानी, मोरङमा खोजतलासका लागि निवेदन दिए ।

किशोरी हराएको निवेदन पाउनासाथ प्रहरीले खोजतलास सुरु ग-यो । किशोरीको सम्पर्कमा रहेका व्यक्तिहरु, चिनजानका व्यक्तिहरु सबैसँग प्रहरीले गृष्माबारे जानकारी लियो । तर गृष्मा कहाँ छिन् भन्ने केही जानकारी पाउन सकेन । गृष्मालाई भारत पु–याएर बेचबिखन गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।

यही क्रममा प्रहरीले ती किशोरीका कथित प्रेमी भनिएका एक युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग-यो । तर युवकले किशोरीबारे आफू अनभिज्ञ रहेकोमात्रै बताइरहे ।

तर प्रहरी अनुसन्धानका क्रममा भारतीय नम्बरबाट ती युवकको मोबाइलमा फोन आएको देखियो । त्यो फोन अरु कसैले नभएर गृष्माले नै गरेकी थिइन्, जबकि युवकले फोन कलका बारेमा प्रहरीलाई कुनै जानकारी नै दिएको थिएन । युवकको भूमिका झनै शंकास्पद देखिएपछि प्रहरीले युवकलाई नियन्त्रणमै राखेर अनुसन्धान ग¥यो । अनुसन्धान गर्न गाह्रो भएपछि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो ।

प्रकाशित मिति: : 2021-08-10 10:35:00

प्रतिकृया दिनुहोस्