रङ्गमञ्चमा अस्तित्वको लडाइँ

शिलापत्र

काठमाडौं

‘इतिहासमा अनेकौँ अवस्थामा मानिसले जीवन भोगेका छन् ।’ 

‘वर्तमान पनि कहाँ सजिलो छ र, सर ?’

कोभिडको महामारीले एकथरी मानिस आत्महत्यासम्म गर्न विवश छन् । अर्काथरी सत्तालिप्सामा रमाइरहेका छन् । आखिर द्वन्द्व त शक्तिसम्पन्न र सर्वहाराबीचमा हिजो पनि थियो आजपर्यन्त छँदै छ । अझ साँघुरिँदै जाने हो भने द्वन्द्व परिवारभित्रै छ, साथीभाइ र सम्बन्धहरूभित्रै छ ।

के मान्छे ऐनाजत्तिकै इमानदार हुन सक्छ ? कि घरभित्र लहरै सजिएका ऐनाहरू आडम्बर र ढोँगका प्रतीक मात्र हुन्, जसलाई मान्छेले आफ्नो वास्तविक चरित्र छोप्न प्रयोग गर्छ ।

‘तर झुट नबोल । हामीले हाम्रो अपराधको रहस्य खोल्यौँ भने हामीलाई नै सजिलो हुने हो ।’

बाहिरबाट ऐनाजस्तै लाग्ने मानिसहरू साँच्चै अपराध खुल्दै गएमा कुन अवस्थामा पुग्दा हुन् ? के वास्तवमा प्रत्येक मान्छे अपराधी हुन् ?

‘हरेक रात म मेरो शरीरमा रक्सी र यौनकर्मी महिलाको गन्ध लिएर घर पुग्थेँ । तर, मेरी श्रीमती एकदम नाजुक फूल जस्तै थिई । उसले कहिल्यै जवाफ फर्काइन । एकदिन मैले घरमै अर्कै केटी लिएर आएँ । मेरी बूढी माथि कोठामा सुत्थी उसले सबै सुन्थी होला, सबै । ऊ बिहान छिटो उठ्थी र म अनि त्यो केटी अबेरसम्म खाटमा सुत्दा ऊ हाम्रा लागि चिया लिएर आउँथी ।’

प्रकाशित मिति: : 2021-08-08 11:47:00

प्रतिकृया दिनुहोस्