इन्टरपोललाई झुक्क्याउन दोहोरो नेपाली नागरिकता

थाहा खबर

काठमाडौं

 इन्टरपोलको रेड सूचीमा रहेका झापाका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय झापाबाट दोहोरो नेपाली नागरिकता बनाएको थाहा भएको छ। 

दोहोरो नागरिकता बनाएको आरोपमा पक्राउ समेत परेका ती व्यक्तिलाई झापा जिल्ला अदालतले १५ हजार रुपैयाँ जरिवाना र नागरिकता प्रमाणपत्र रद्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय झापालाई दिने गरी असार ३० गते फैसला सुनाएको छ। 

यस्तो थियो घटना

दमक नगरपालिका-१ निवासी ४४ वर्षीय हेमचन्द्र नाम्चुले वंशजको आधारमा २०५० साल मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालय झापाबाट २३१११२३ नम्बरको नेपाली नागरिकता लिएका थिए।

साविक गरामनि गाविस-९ हाल बिर्तामोड नगरपालिका-१० निवासी करणसिंह बस्नेतले २०६८ साल कार्तिक २० गते प्रशासन कार्यालय झापाबाट वंशजको आधारमा ०४१०४१-१९३६ नम्बरको नागरिकता लिएका थिए। 

प्रशासन कार्यालयबाट नागरिकता लिएका नाम्चु र बस्नेत एउटै व्यक्ति हुन्। प्रशासन कार्यालय समेत जानकारी नगराई उनले आफ्नो बचाउका लागि दोहोरो नागरिकता लिएका थिए। उनले दोहोरो नागरिकता लिएको विषयमा विगत लामो समयसम्म कसैले सुइँको समेत पाएनन्। 

प्रकाशित मिति: : 2021-08-08 09:50:00

प्रतिकृया दिनुहोस्