एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आह्वान

File photo
File photo

नेकपा (एमाले)ले स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आउँदो सोमबार बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक आह्वान गरेका हुन्। सोही दिन दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तयारी भएकाे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुनेछ। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।

तथापि एमालेका दुबै पक्षका लागि याे बैठक निर्णायक हुन सक्ने ठानिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने यसअघि ओली पक्षको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउन बताएकाे छ। 

प्रकाशित मिति: : 2021-08-08 06:20:00

प्रतिकृया दिनुहोस्