बालकेन्द्री उखान (लोकसाहित्य)

गोरखापत्र

रमेशचन्द्र घिमिरे

ज्ञात रचनाकारद्वारा रचना गरिएर आफू अदृश्य बन्दै पछिल्लो पुस्तालाई हस्तान्तरण गरिएको लोकको साहित्य नै लोकसाहित्य हो। लोकसाहित्य भनेको माौखिक वा श्रुतिपरम्परामा अडिएका र जनजिब्रोमा झुन्डिइरहने सङ्कलित वाणी हुन्। दीर्घ परम्परा बोकेको लोकसाहित्यमा हुने सरलता, मनोरञ्जनात्मकता र कल्पनाशीलताले नै यसलाई लोकप्रियताको उचाइमा पु¥याउन सकेको हो। लोकसाहित्य पनि प्रौढसाहित्यजस्तै विधागत बहुलताले भरिएको सम्पन्न साहित्य हो, जसअन्तर्गत लोककथा, लोकगीत, लोकनाटक, लोकगाथा र लोकोक्तिजस्ता विधाहरू पर्छन्। यिनीहरूमध्ये सङ्क्षिप्त आयामको विधा लोकोक्ति हो, जसमा गाउँखाने कथा र उखान–टुक्का पर्छन्। लोकसाहित्यको लोकोक्तिअन्तर्गत पर्ने लोकआहान वा उखानको नेपाली समाजमा आफ्नै महìव रहिआएको छ।

उखान भनेको सूत्रात्मक कथन हो, जुन वाक्यात्मक तहको र प्रतीकात्मक अर्थ वहन गर्ने खालको हुन्छ। शब्दशक्तिका तीन तहमध्ये अभिधासँग नभई यसको सम्बन्ध लक्षणा वा व्यञ्जनासँग रहेको पाइन्छ। कुनै भनाइलाई उदाहरणका रूपमा पुष्टि वा प्रमाणित गर्नुप¥यो भने त्यसलाई उखानको साँचोमा ढालिन्छ र उक्त भनाइ तिख्खर, सारपूर्ण, स्पष्ट, प्रभावकारी, रसिलो र जीवन्त बन्न पुग्दछ। प्रायः नेपाली कथ्य भाषाको निकट रहेको उखान नेपाली भाषाको गहनाजस्तै हो।

प्रकाशित मिति: : 2021-08-07 12:47:00

प्रतिकृया दिनुहोस्