भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
रिटमा भूमि आयोग विघटनले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ।
अधिवक्ता केसीले आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै रिट दायर गरेका हुन्। रिटको पेशी साउन २५ गतेलाई तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो।