उही अनुहार

File photo
File photo

नेताहरूले दलमा अरूले हम्मेसी विस्थापित गर्न नसक्ने संरचना र प्रणाली बनाएका छन्। कांग्रेसको क्रियाशील सदस्यताको लफडामा यही प्रवृत्ति कारक छ।

०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमै गृहमन्त्री भएका शेरबहादुर देउवा नै पाँचौँचोटि प्रधानमन्त्री छन् मात्र हैन, कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिका उम्मेदवार बन्ने निश्चित, उमेरले सातौँ दशकको उत्तराद्र्धमा हिँडिरहेका देउवा, अर्को चार–पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए अचम्म मान्नुपर्ने छैन। गिरिजाप्रसाद नै हाम्रा माझ भएका भए अथवा सुशील कोइराला नै भएका भए देउवा सभापति निर्वाचित हुन्थे होलान् र ?

मदनकुमार भण्डारी जीवितै भइदिएका भए माधवकुमार नेपाल, त्यसपछि केपी ओलीले एमालेको नेतृत्व गर्न पाउँथे होलान् र ? अझ भनौँ, ०६४ सालको त्यो पहिलो संविधानसभा निर्वाचनको पराजयमा नेपाली राजनीतिमा असान्दर्भिक भइसकेको नैतिक जिम्मेवारी लिएर राजीनामा नगरेको भए माधवकुमार नेपालको ठाउँमा पञ्चायतकालमै पार्टीको महासचिव भइसकेका उही झलनाथ खनाल र त्यसपछि केपी ओली एमालेको नेतृत्वमा पुग्न कति सम्भव थियो ? कमल थापाहरू त उसै पनि ०४६ सालको परिवर्तनपछि राजाको सक्रिय भूमिका स्थापित गर्न राप्रपामार्फत राजनीति गरेका, मुलुक गणतन्त्रमा पुगिसकेकाले संवैधानिक राजतन्त्रको माग गर्छन्। राप्रपा पञ्चायतकालमै मन्त्री भइसकेका कमल थापा, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीकै नेतृत्वमा छ। सूर्यबहादुर थापा जीवितै भएको भए नेतृत्व उनकै हुन्थ्यो, सायद। राजतन्त्रको माग गर्ने भर्भराउँदो ताजा अनुहार पाइएला नै कहाँ ! 

प्रकाशित मिति: : 2021-08-05 10:15:00

प्रतिकृया दिनुहोस्