बाह्रखरी
नेपालमा कोभिड संक्रमणको तथ्यांक बढ्दो छ । विशेषगरी सहरी क्षेत्रमा दैनिक थपिने संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अहिले कोभिड–१९ संक्रमणको तेस्रो लहरको संघारमा सचेत हुन पटकपटक अपिल गर्दै आएको छ । छिमेकी मुलुक भारतको संक्रमणको अवस्थालाई हेरेर यही अगस्टको अन्तिमतिर नेपालमा तेस्रो लहर आउनसक्ने आकलन कतिपय विज्ञहरूले गरेका छन् । कतिपय विज्ञले भने अहिलेको संक्रमण नै घातक भएकाले सतर्क रहन सुझाव दिँदै आएका छन् ।
२० दिनमा थपिए ४३ हजार संक्रमित
साउन १ गतेदेखि २० गतेसम्म नेपालमा ४३ हजार ६ सय ३४ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० दिनमा कोभिड संक्रमणका कारण ४९४ जनाको मृत्यु भएको छ ।
यही अवधिमा ३५ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेभन्दा निको हुनेको संख्या कम हुँदा नेपालमा साउन १९ गतेसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको मन्त्रायलको तथ्यांकले देखाएको छ । त्यस्तै जम्मा संक्रमित हुनेको संख्या ७ लाख ६ हजार २०४ र मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया