जो चार दिनदेखि खोप कार्डका लागि अस्पतालको गेट कुरिरहेका छन्

थाहा खबर

काठमाडौँ

 

सञ्जिता आचार्य

साउदी अरब जाने तयारीमा रहेका लमजुङका रोशन देव तामाङ गत हप्ता शुक्रबार बिहान काठमाडौं आइपुगे। वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्ध खोप दिने समाचार सुनेर उनी राजधानी आएका हुन्।

तामाङले शुक्रबार ५ घण्टा लाइनमा बसेर जोन्सन एण्ड जोन्सन खोप लगाए। भने, ‘राहदानी र भिसा देखाएर खोप लगाउन पाइयो।’

स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले

खोप कार्ड लिएर मंगलबार बेलुका ८ बजे टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पुगेका थिए। आइतबारदेखि टेकु अस्पताल धाएका तामाङले खोप कार्ड प्रमाणीकरण गर्न पाएनन्। मंगलबार रातिदेखि नै लाइन बसेको सुनाए। उनले भने, ‘तीन दिनसम्म लाइन बसेर फर्कनुपरेकाले राति नै आएको बसेँ।’

अर्थतन्त्रको आधा हिस्सा ओगटेको वैदेशिक रोजगारलाई सरकारले बेवास्ता गरेको तामाङको भनाइ छ। उनले भने, ‘सरकारले सहजीकरणका लागि कतै पहल गरेको छैन। राहदानी बनाउन, स्वास्थ्य परीक्षण गर्न, श्रम स्वीकृति लिन जता पनि समस्या भोग्नुपरेको उनको भनाइ छ। 

खोप कार्ड दियो। सो कार्डमा नेपालीमा लेखिएकाले विदेशमा मान्यता दिएको छैन। त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था गरेको छ। खोप लगाएको ५ दिन बित्यो, तर तामाङले खोप कार्ड हात पार्न सकेका छैनन्।

प्रकाशित मिति: : 2021-08-04 17:49:00

प्रतिकृया दिनुहोस्