काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, थप कडाइ गरिदै

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको मंगलबारको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ।

पहिलेकै निर्णयलाई थप कडाइका साथ पालना गर्ने गरी एक हप्ता निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, जुलुस, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने आदेशमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-08-03 17:42:00

प्रतिकृया दिनुहोस्