गगनको गृहमन्त्रीसँग प्रश्न– जयसिंह धामी बेपत्ताबारे सत्यतथ्य आउँछ भन्ने विश्वास कसरी दिलाउनुहुन्छ ? (भिडियो)

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य गगन थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुलाका जयसिंह धामीलाई महाकाली नदीमा खसालेर वेपत्ता पारेको घटनाबारे गृहमन्त्री बालकृष्ण खाणबाट जवाफ मागेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले गृहमन्त्री खाणलाई भने, ‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकीर गर्यो भन्ने मिडियामा आएको छ सत्य के हो?’ भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नरहेको भनेको हो? यदि त्यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला?’

उनले १०१२ मा इटलीनमरिनहरूको गोलीले २ जना भारतीय मछुवारको हत्या हुँदा भारतीय सरकार तीन चार वर्षसम्म लगातार लडेको उदाहरण देखाउँदै थापाले भने, ‘जयसिंह धामीको हत्याको सन्दर्भमा सत्यतथ्य बाहिर आइसकेपछाडि नेपाल सरकारले जसरी भारत इटलीसँग लड्यो त्यसैगरी हाम्रो सरकार भारतसँग त्यस्तैगरी जमेर, डटेर लड्छ भन्ने विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ?’

उनले प्रश्न गरे, 'गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ ?'

प्रकाशित मिति: : 2021-08-03 14:46:00

प्रतिकृया दिनुहोस्