ओली सरकारका जनविरोधी निर्णय यो सरकारले खारेज गरोस् : रामकुमारी झाँक्री (भिडियो)

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले अघिल्लो सरकार (केपी ओली सरकार) ले गरेका जनविरोधी निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गर्नुपर्ने माग गरेकी छिन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै झाँक्रीले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ।’

उनले सो निर्णय खारेजीको माग गर्दै झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: : 2021-08-03 14:22:00

प्रतिकृया दिनुहोस्