दार्चुला घटनाविरुद्ध भारतसँग औपचारिक विरोध जनाउन एमालेको माग

नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नेपाली बेपत्ता भएको विषयमा सरकारले भारतसमक्ष औपचारिक विरोध जनाउन माग गरेको छ।

दार्चुलाबाटै निर्वाचित  एमाले सांसद गणेशसिंह ठकुन्नाले आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा सरकारले तुइन प्रकरणबारे भारतसँग विरोध जनाउनुपर्ने बताएका हुन्।

साथै उनले उक्तको घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेका छन्। 

प्रकाशित मिति: : 2021-08-03 13:46:00

प्रतिकृया दिनुहोस्