एभरेष्ट बैंकका सीइओ नेगीले मासिक ४० लाख तलब लिदै, अन्य बैंकका सीइओहरुकाे तलब कति ? (सूचीसहित)

Breaknlinks
Breaknlinks

नेपाली समाजमा एउटा कथन नै छ, पैसा कमाउन कि व्यवसाय गर कि बैंकमा जागिर खाउ। यो कथनबाट हाम्रो समाज कसरी अछुत हुन सक्थ्यो र ?

पछिल्लो समय नेपालमा बैंकिङ जागिरको राम्रो क्रेज बढ्दै गइरहेको छ। राम्रो तलब भत्ताकै कारण धेरै युवा-युवतीहरु बैंकिङ करिअर बनाउन लालायीत पनि देखिन्छन्।

त्यसो त, बैंकमा जागिर गर्नेहरुलाई अन्य विभिन्न कम्पनी वा संघसंस्थामा भन्दा बढी सेवा सुविधा दिइएको पाइन्छ। अचेल त समय नै यस्तो आइसक्यो कि बैंकिङ कारोबार नगर्ने सायदै होलान्।

अझै भन्ने हो भने, बैंकिङ सेवाबिना मानिसको दैनिकी नै नचल्ने अवस्था छ।

नागरिकहरुको पैसाबाटै बैंकको आधार तय भएको हुन्छ। नागरिककै पैसालाई विधिवत रुपमा प्रयोग गरेर बैंकहरुले नागरिकलाई नै सुविधा दिदै आएका छन्। 

कहिल्यै सोच्नु भएको छ, कि बैंकमा काम गर्नेहरुको तलब कति हुन्छ ? अर्थात् बैंकका मालिकाहरु (सीइओ)को तलब कति हुन्छ? 

अध्ययनको अनुसार बैंकका सीइओहरुको मासिक तलब नै लाखौको गणितमा मापन हुन्छ। र सेवा सुविधा पनि उस्तै।सीइओहरुको एक महिनाको तलब कमाउन सर्वसाधारणलाई वर्षौ लाग्छ।

बैंकमा काम गर्ने कर्मचारीहरुले मासिक तलबसहित बिदाको भत्ता, नाफाबाट प्राप्त हुने भत्ता, दशैँ भत्ता, सामाजिक सुरक्षा कोष र बीमा लगायत सुविधा पाउँदै आएका छन्। उनीहरुले अरुभन्दा सजिलै सस्तो ब्याजमा घर तथा गाडी किन्न कर्जा पनि पाउँछन्।

सीइओहरुले पनि तलबसहित एउटा नीजि गाडी, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका लगायतका सुविधाहरु पाउँदै आएका छन्। तर सीइओ हुनको लागि भने राष्ट्र बैंकले तोकेको योग्यता, विधि र अनुभव पुरा गरेको हुनुपर्छ।

हालसम्म बिएल नेपाली सेवालाई देशभरका २७ वटा बैंकका सीइओहरुको तलब भत्तासहित सेवा सुविधाबारे जानकारी प्राप्त भएको छः

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइराला हुन्। उनको वार्षिक तलबभत्ता २ करोड १३ लाख छ।

स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्डका सीइओ अनिर्वाण घोष दास्तीदार हुन्। उनले वार्षिक रुपमा ३ करोड ९८ लाख तलब लिदै आएका छन्।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकका सीइओ अनुकुल भटनागर हुन्। उनले पनि वार्षिक १ करोड ७४ लाख ५९ हजार तलब बुझ्दै आएका छन्।

मेगा बैंक
मेगा बैंकको सीइओ अनुपमा खुञ्जेली हुन्। उनको वार्षिक तलब १ करोड ७० लाख ३२ हजार छ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंकको सीइओ भुवन कुमार दाहाल हुन्। उनले १ करोड ४६ लाख रुपैयाँ तलब बुझ्दै आएका छन्।

प्रभु बैंक
प्रभु बैंकका सीइओ अशोक शेरचन हुन्। उनले वार्षिक रुपमा ३ करोड ४२ लाख ९२ हजार तलबभत्ता पाउँदै आएका छन्।

बैङ्क अफ काठमाडौं लिमिटेड
बैङ्क अफ काठमाडौं लिमिटेडका सीइओ शोभनदेव पन्त हुन्। उनले वार्षिक रुपमा २ करोड ८१ लाख तलबभत्ता पाउँदै आएका छन्।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकका सीइओ रोशन न्यौपाने हुन्। उनले पनि वार्षिक रुपमा २ करोड ५० लाख तलब लिदै आएका छन्।

कुमारी बैंक लिमिटेड
कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारी हुन्। उनले वार्षिक रुपमा २ करोड ३८ लाख तलब बुझ्दै आएका छन्।

सनराइज बैंक लिमिटेड
सनराइज बैंकको सीइओ जनकराज शर्मा हुन्। उनले वार्षिक रुपमा १ करोड ३१ लाख तलब लिदै आएका छन्।

सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंक सीइओ गणेश पोखरेल हुन्। उनले वार्षिक तलब १ करोड ७९ लाख छ।

नेपाल इन्फ्रास्टक्चर बैंक
नेपाल इन्फ्रास्टक्चर बैंकको तत्कालिन सीइओ अनिल ज्ञवाली हुन्। उनको तलब १ करोड ३२ लाख छ।

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना हुन्। उनले पनि वार्षिक रुपमा १ करोड ४१ लाख तलब बुझ्छन्।

नबिल बैंक लिमिटेड
नबिल बैंकका सीइओ अनिलकेशरी शाह हुन्। उनको वार्षिक तलब १ करोड ९८ लाख छ। उनी नेपालमा सबैभन्दा चर्चित सीइओ पनि हुन्।

एनएमबि बैंक
एनएमबि बैंकका सीइओ सुनिल केसी हुन्। उनले १ करोड ७५ लाख २८ हजार रुपैयाँ तलबभत्ता पाउँदै आएका छन्।

लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडका सीइओ अजयविक्रम शाह हुन्। उनले १ करोड ९ लाख ८० हजार तलब लिदै आएका छन्।

एभरेष्ट बैंक
एभरेष्ट बैंकको सीइओ गजेन्द्रकुमार नेगी हुन्। उनले ४ करोड ८८ लाख बुझ्दै आएका छन्। उनी नेपालमा सबैभन्दा बढी तलब लिने सीइओ पनि हुन्।

कृषि विकास बैंक
यस बैंकको सीइओ अनिलकुमार उपाध्याय हुन्। उनले भने वार्षिक ३६ लाख ९१ हजारमात्रै तलब लिदै आएका छन्।

नेपाल बैंक
नेपाल बैंकको सीइओ कृष्णबहादुर अधिकारी हुन्। उनले पनि ४७ लाख बुझ्दै आएका छन्।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको सीइओ किरणकुमार श्रेष्ठ हुन्। उनले वार्षिक ४० लाख ६५ हजार तलब लिदै आएका छन्।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको सीइओ रत्नराज बज्राचार्य हुन्। उनले गत आर्थिक वर्षमा २ करोड ८२ लाख तलब बुझेका थिए।

हिमालयन बैंक
हिमायलन बैंकको सीइओ अशोक राणा हुन्। उनको तलब एक करोड ७९ लाख छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको सीइओ ज्योतिप्रकाश पाण्डे हुन्। उनले वार्षिक रुपमा ३ करोड ६ लाख बुझ्छन्।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सयिल बैंकको सीइओ नारायणदास मानन्धर हुन्। उनले गत आर्थिक वर्षमा १ करोड ९ लाख ७६ हजार तलब लिएका थिए।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको सीइओ शम्भुनाथ गौतम हुन्। उनले पनि १ करोड ५१ लाख ३८ हजार तलब लिन्छन्।

एनसीसी बैंक
एनसीसी बैंकको सीइओ रमेशराज अर्याल हुन्। उनको वार्षिक तलब आथिक वर्ष१ करोड २० लाख ६५ हजार छ।

प्रकाशित मिति: : 2021-08-03 20:05:00

प्रतिकृया दिनुहोस्