‘वीर अस्पताल सुधार्न अब जंगबहादुर नै चाहिन्छ’ (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

 

यज्ञराज जोशी

गत जेठ १० गते कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त प्राध्यापक डाक्टर जागेश्वर गौतम त्यहाँबाट दुई महिनामै हटेका छन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापाथलीस्थित प्रसूति गृहमा सरुवा गरेको छ। जहाँ उनी यसअघि ६ वर्ष काम गरेका थिए। कोभिडको दोस्रो लहरको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता बनेका उनलाई त्यसपछि वीरमा पठाइएको थियो। यहीबीच टेन्डर प्रक्रियामा सेटिङ गरेर आफ्ना मान्छेलाई पारेको, कर्मचारीहरुमाथि कडाई गरेको आरोप उनीमाथि लागे। उनलाई कार्यालयमा छिर्न नदिन भन्दै कर्मचारीहरुले आन्दोलन गरिरहँदा सरकारले सरुवा निर्णय लिएको छ। देशकै जेठो वीर अस्पतालको दुई महिने अनुभवपछि उनले अब त्यहाँ सुधार ल्याउन जंगबहादुर नै चाहिने बताएका छन्। सरकारले वीरबाट हटाएपछि नेपालखबरका यज्ञराज जोशीले गौतमसँग कुरा गरेका छन्। 

किन यति चाँडै तपार्ईलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइयो?

मैले पनि फिर्ता बोलाइयो भन्ने खबर सुनेको छु। मेरो राम्रो, नराम्रो मूल्याङ्कन सरकार र मन्त्रालयले गर्नुपर्‍यो। मैले त आफूले सक्दो राम्रो काम गरेको जस्तो लाग्छ। सुनियोजित, प्रायोजित रुपमा अफ्ठ्यारो पारियो। यति चाँडै मलाई सरुवा गर्नु थियो भने हिजो किन नियुक्त गरियो त? 

दुई महिनामा तपाईंले के के गर्नुभयो?

दुई महिनामा मैले गर्नसक्ने कति नै हुन्थ्यो। तर मैले जतिसकेँ त्यति गरेँ। त्यत्रो ५ सय बेडको कोभिड अस्पताल खाली थियो, आइसीयुसहित सुरु गरेँ। अक्सिजन ट्यांक, प्लान्ट ल्याएर हालेँ। वीरतिर ननकोभिड चलाएँ, यता कोभिड चलाएँ। प्रधानमन्त्रीलाई ल्याएर उद्घाटन गराएँ।

प्रकाशित मिति: : 2021-08-02 19:28:00

प्रतिकृया दिनुहोस्