महाधिवेशनलाई केन्द्रमा राखेर सरकार र पार्टीमा यसरी गुट मिलाउँदैछन् देउवा

शिलापत्र

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापति दोहोर्‍याउन उनको समूहका बहुमत सदस्य तयार छन् । तर, त्यसका लागि तत्कालै लाभ लिने पक्षमा त्यस समूहका नेताहरू देखिएपछि महाधिवेशनमा पदाधिकारीको प्रबल दाबेदार नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती देउवामाथि छ ।

'पदाधिकारीमा दाबी गर्ने काबिल व्यक्ति धेरै भएपछि सभापति देउवालाई आफ्नो समूहको व्यवस्थापन अहिले चुनौतीपूर्ण बनेकाे छ । उहाँलाई सभापतिमा दोहोर्‍याउन तयार रहेकाहरूले तुरुन्तै लाभ खोजेकाले नेताहरूको व्यवस्थापन सकसपूर्ण बनेको छ,' देउवानिकट एक नेताले भने ।

गाेपालमान श्रेष्ठ र विमलेन्द्र निधिबाहेक उनकाे समूहका दाेस्राे तहका नेताहरूले देउवालाई दिने समर्थन याे अन्तिम हुने बताएका छन् ।  देउवा पक्षसँग पदाधिकारीमा दाबेदारी प्रस्तुत गर्ने बलिया उम्मेदवारकाे ताँती छ । उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरिरहेका छन् । तीमध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले कानुनमन्त्री बनाइसकेका छन् ।

त्यस्तै, महामन्त्रीमा डा. प्रकाशरण महत, बालकृष्ण खाँण, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दाबी गरिरहेका छन् । यीमध्ये खाँणलाई उनले गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा लेखक, साउद, शर्मा र  डा. महतको चर्चा छ ।

प्रकाशित मिति: : 2021-08-02 14:35:00

प्रतिकृया दिनुहोस्