योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?

पहिलोपोष्ट

काठमाडौँ

आज भन्दा १२ वर्ष अघि एक जना अमेरिकी गल्फ कोर्ष डिजाइनरले नेपाल आएको बेला भनेका थिए, ‘काठमाडौं उपत्यकाभित्र कम्तिमा तीन वटा राम्रा गल्फ कोर्ष मात्रै हुने हो भने नेपालले १२ वर्षमा सयवटा भन्दा बढी ठूला विमान किन्न सक्ने रकम जम्मा गर्न सक्छ।'

उनको अभिव्यक्ति त्यतिखेर थियो जतिखेर ऋण गरेर नेपाल एयरलाइन्सले विमान किन्ने तयारी गर्दै थियो। उनले त्यतिखेर प्रश्न गरेका थिए - 'किन एउटा विमान अहिले किन्न लागेको होला?’

उनको प्रश्न प्रश्नमै सीमित रह्यो। उनको प्रश्नलाई लिएर मैले लेखेको पनि थिएँ त्यतिखेर। तर नेपालको खेलकुदको कमान सम्हाल्नेहरुले उनको गहन तर्कलाई बुझ्न चाहेनन्।

उनले विमान नकिन्नु भनेको होइन, नेपाल आइरहने वातावरण बनाउने हो भने धेरैभन्दा धेरै विमान किन्न सक्ने हैसियतमा हामी पुग्छौं भन्ने आशय थियो उनको। मुलुकको विकासको खाका कोर्नेहरुले त्यतातिर ध्यान दिएनन्। संसारमा बाह्रै महिना गल्फ खेल्न सकिने ठाउँ कम छन्। काठमाडौं तीमध्येको एक हो जहाँ १२ महिना नै गल्फ खेल्न सकिन्छ।

प्रकाशित मिति: : 2021-08-01 13:38:00

प्रतिकृया दिनुहोस्