माधव नेपाललाई प्रचण्डकाे 'हम्बल' अनुराेध- 'धेरै नसाेच्नुस्, सँगै यात्रा गराैँ'

एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएकाे छ।

नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निकास कोटेश्वर पुगेका हुन्।

भेटवार्तामा प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी भएर मन्त्रिपरिषद् विस्तारमा सहयाेग गर्न अनुराेध गरेका थिए। नेता नेपालले भने आफूले यसबारे साेचेर जवाफ दिने बताएकाे उनी निकट एक नेताले जानकारी दिए।

ती नेताले भने, 'भेटमा प्रचण्डजीले नेपाल कमरेडलाई सँगै यात्रा गर्न हम्बल रिक्वेस्ट गर्नु भएकाे छ।'

पछिल्लो समय माधव नेपालकै कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको देखिएको छ।


एमाले स्थायी कमिटीको बैठक बस्दै, माधव नेपाललाई नपर्खेर अघि बढ्ने निर्णयमा ओली

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ।

आजको बैठकपश्चात एमालेले वरिष्ठ नेता माधव नेपाललाई नपर्खेर अघि बढ्ने बताइएको छ।

प्रकाशित मिति: : 2021-08-01 13:33:00

प्रतिकृया दिनुहोस्