‘नेपालको संस्कृति र गौरवमय इतिहासमा आँच आउन थालेपछि म बोलेको हुँ’

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

 

नेपालको वर्तमान राजनीति शान्त तलाउमा पक्कै थिएन तर विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यस्तो एउटा ढुङ्गा हानेका छन्, जसले गर्दा व्यापक रुपमा छालहरु उत्पन्न भएका छन् ।

उनले अघि सारेका संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संघर्ष गर्नुपर्ने प्रस्तावका छालहरु तलाउमै हराउलान् या यसले सीमा नाघेर मुलुकको राजनीतिमा हलचल मचाउला? यस्तै प्रश्नमा केन्द्रित रहेर हामीले मिश्रसँग कुराकानी गरेका छौँ।

तपाईँले तलाउमा एकाएक किन ढुङ्गा हानेको?

नेपालको राजनीति यति बिघ्न अशान्त देखिन थाल्यो जसले गर्दा खेरि यो देशको अखण्डता, स्वाधिनता, स्वाभिमान, इतिहास, संस्कार, संस्कृति सबै क्षयीकृत भएर गएको र यसमा अझ बढी ठूलो भ्वाङ्गहरु पर्ने सम्भावना मैले प्रशस्त देख्दै गएँ । त्यसै कारणले गर्दा खेरि मैले गरेको राजनीति व्यक्तिगत रुपमा म भन्दै छु। मैले गरेको राजनीति यो देशको लागि गरेको हो । अरुले पनि भन्ने त त्यसै नै भन्ने हो। त्यस कारणले राजनीतिको केन्द्रमा देश छ। त्यसै भएर मैले दस्तावेजको शुरुकै अंशमा लेखेको छु, मेरो आत्मालाई साक्षी राखेर राष्ट्रिय हितलाई केन्द्रमा र यो देशलाई केन्द्रमा राखेर मैले यो मार्ग परिवर्तन विचार भन्दामाथि देश दस्तावेज छलफलका लागि अघि सारेको छु भनेको छु।

यसबारे यो भन्दा झण्डै चारवर्ष अगाडि तपाईले जतिबेला पार्टी स्थापना गर्नुभएको थियो,त्यसपछि एकीकरण भइसकेको अवस्थामा पनि तपाईँले एउटा बुँदामा स्पष्ट रुपमा लेख्नुभएको थियो। तर, यो विषयलाई यो बीचमा तपाईँले किन ल्याउन सक्नुभएको थिएन ?

त्यति बेला हामीले पार्टी शुरु गर्दा खेरि अहिले जुन किसिमको परिवर्तन आयो त्यो बेलामा ०७२ सालको संविधान आयो, हामीले ०७४ मा पार्टी सुरु गर्‍यौँ। त्यो बेलामा शंकाको सुविधा दिनुपर्छ भन्ने मेरो मान्यता थियो । र, मलाई आशंका चाहिँ थियो । हेर्नुस् जुन किसिमको राजनीति देख्दै आएको थिएँ । जुन किसिमको राजनीति मैले राजनीतिक पत्रकारका रुपमा बुझ्दै आएको थिएँ र समाजलाई जसरी मैले चिनेको थिएँ ममा आशंकाहरु थिए तर पनि यदि नयाँ किसिमको परिवर्तनले स्थिरता दिन्छ, देशलाई स्वाभिमान दिन्छ, देशलाई सम्बृद्धि दिन्छ अथवा त्यो बाटोमा अग्रसर हुन्छ भने त्यो त राम्रो कुरा हो नि । त्यसलाई फेरि गिजोली राख्नुपर्दैन नि भन्ने मान्यता हो।

प्रकाशित मिति: : 2021-07-31 17:20:00

प्रतिकृया दिनुहोस्