प्रहरीसँग किन 'इरिटेड' हुन्छन् पूर्व युवराज पारस शाह? (ब्लग)

पहिलोपोष्ट

काठमाडौँ

सविन ढकाल

घटना एक वर्षभन्दा अघिको हो। एक जना आफन्तले पोखराबाट फोन गरेर एउटा घटनाको जानकारी दिए। उनलाई यो विषय समाचार बन्न सक्छ भन्ने लागेपछि उनले मलाइ सम्झिएका रहेछन्। त्यतिखेर त्यसलाई प्रमाणित गर्ने केही थप भिडियो थिएन। त्यसैले समाचार चाहिँ बनेन। सन्दर्भ थियो - पूर्व युवराज पारस शाहकै।

अहिले फेरि त्यस्तै विषय चर्चामा आएकाले स्मरणमा आयो। पात्र उनै हुन् पूर्व युवाराज पारस शाह। शाह त्यतिखेर धेरै समय पोखरामा नै बिताउँथे। एक दिन उनी पोखराको लेसाइडमा बाइक लिएर बतासिँदै थिए। त्यत्तिकैमा सडकमा रहेको ट्राफिक प्रहरीले रोके।

पूर्व युवराजले हेलमेट लगाएका रहेनछन्। त्यसपछि उनले उल्टै ट्राफिक प्रहरीलाई 'म को होर चिनेको छस्?' भन्दै थर्काएछन्। ती ट्राफिक प्रहरीले पूर्व युवराजलाई नचिन्ने कुरै भएन। तर, त्यो बर्दीले त चिन्दैन थियो। उसले देख्ने त सडक अनुशासन र कार्यान्वयन नै थियो। त्यसैले हात दिएर मोटरसाइकल रोकेका थिए।

प्रकाशित मिति: : 2021-07-31 17:14:00

प्रतिकृया दिनुहोस्