नाफा मात्रै खोज्ने कस्तो सहर बनायौँ

बहस गर्नुपर्ने भएको छ– मान्छेले सहर बनायो कि सहरले आफूअनुकूल मान्छे बनायो ?

नयाँ पत्रिका दैनिक

सन्तोष परियार

 

सहरमा गएर उच्च शिक्षा हासिल गर्ने, आर्थिक हैसियतको जुवाड गर्ने र जीवनका सपनाहरूलाई यथार्थमा परिणत गर्ने हुटहुटी कसलाई नहोला। तर, सहर हेर्दा जति रंगीचंगी देखिन्छ, भित्र त्यति नै चुनौती र समस्याहरूको तहले भरिएको छ। किनकि सहरलाई पुँजीवादी उपभोक्तावादले निर्माण गरेकोे छ। 

संविधानमा संघीय राज्य लेखिए तापनि मूलतः केन्द्रीकृत् राज्य प्रणाली भएको र राज्यका सम्पूर्ण संरचनाहरू सहरमै उपलब्ध भएको अवस्थामा राज्यको न्यूनतम सेवा र सुविधाबाट वञ्चित गाउँको एउटा आममानिसका लागि जीवनको ध्येय नै सहर हुनु कुनै नौलो कुरा भएन। समाजशास्त्रीय एवं मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा सहर एक कोरा भूगोल मात्र होइन। सहर उपभोगको साधन मात्रै पनि होइन। 

संसारको सुरुवाती सहरहरू ठ्याक्कै कहाँ स्थापित भए भन्ने कुरामा आमसहमति नभए पनि धेरै विद्वान्हरू प्राचीन मेसोपोटानियालाई नै सहरको सुरुवाती उद्गमस्थल मान्दछन्। प्राचीन सहरहरू केवल राजनीतिक भूगोल मात्र थिएनन्। पुँजी लगानीको बजार मात्र थिएनन्। नाफा र अमानवीय पुँजीवादी दुष्चक्रहरूमा मात्र तिनीहरू सीमित थिएनन्। ती सहरहरू त थिए, तर आजको जस्तो बजारले निर्धारण गर्ने राज्यव्यवस्था त्यहाँ थिएन। पुँजीले निर्धारण गर्ने मानव जीवन त्यहाँ थिएन।

प्रकाशित मिति: : 2021-07-31 12:29:00

प्रतिकृया दिनुहोस्