ललितपुर महानगपालिकाको खोकना दोबाटोदेखि बसपार्कसम्मको सडकखण्ड कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किन थालेको छ।
ललितपुर महानागरपालिका– २१ को उक्त सडकखण्ड कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किन थालेपछि स्थानीय आक्रोशित बन्न थालेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा ललितपुर महानगरपालिकाको विनियोजित बजेटबाट सोही सडकखण्ड गत जेठ २८ गतेदेखि कालोपत्रे गरिएको थियो तर त्यसको एक महिना नबित्दै भत्किन थालिसकेको स्थानीयले गुनासो गरेको छन्।
महानगरबाट बजेट विनियोजन भएको २ वर्षपछि काम थालनी भएको सडकखण्ड १० वर्षसम्म टिक्ने दावी गरिए पनि काम सकिएको महिना दिन नबित्दै भत्किएको हो।
कालोपत्रेको काम चलिरहदाँ इन्जिनियरले राम ले १० वर्षसम्म कालोपत्रे नभत्किने बताएका थिए। ठेकेदारको लापरबाहीले गर्दा सडक कालोपत्रे भएको केही समयमै भत्किएको हो। सडक भत्किएर धेरै ठाउँमा खाल्डा पर्दासमेत त्यसतर्फ कुनै निकायको ध्यान जान सकेको छैन्।