यी हुन् मदन पुरस्कारकाे लागि मनाेनयनमा परेका नाै पुस्तक

मदन पुरस्कार - २०७७ को लागि पुस्तकहरूकाे प्रारम्भिक सूची सार्वजनिक भएकाे छ। 

मदन पुरस्कार गुठीले शुक्रबार २०७७ सालकाे पुरस्कारकाे लागि नाै पुस्तककाे सूची सार्वजनिक गरेकाे हाे।

सूचीमा श्रीस मगरकाे 'एकलव्यको देब्रे हात', कृष्ण अविरलकाे 'करिया', कुमार नगरकाेटीकाे 'कल्पग्रन्थ', भैरवबहादुर थापाकाे 'नृत्याक्षर विज्ञान', प्रभा बरालकाे 'फिलिङ्गो', लेखनाथ क्षेत्रीकाे 'फुलाङ्गे', केशव दाहालकाे 'मोक्षभूमि', 'रमिते' र 'लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह' छन्।

यी मध्ये सबैभन्दा पछिल्लाे समय बजारमा आएकाे पुस्तक 'कल्पग्रन्थ' हाे। 

प्रकाशित मिति: : 2021-07-30 16:26:00

प्रतिकृया दिनुहोस्