यताका भगवानलाई जोगाउन गाह्रो, चोरिएकालाई फर्काउन गाह्रो!

चोरी भएर विभिन्न देश पुर्‍याइएका नेपाली मूर्ति फिर्ता ल्याउने अभियान

सेतोपाटी

काठमाडौं

अमेरिकी विश्वविद्यालयमा तीन दशक इतिहास पढाएका प्राध्यापक गौतमबज्र बज्राचार्य करिब दुई वर्षअघि नेपाल आएका थिए। एक कार्यक्रमका लागि नेपाल आएका उनीसँग हामीले अन्तर्वार्ता पनि लिएका थियौं।

त्यस भेटमा बज्राचार्यले एक महत्वपूर्ण मूर्ति फालिरहेको अवस्थामा रहेको बताएका थिए। चार दशकअघि अमेरिकी अनुसन्धाता मेरी स्लसरसँग हिँड्दा बज्राचार्यले त्यो मूर्ति फोहोरको डंगुरमाथि देखेका थिए। अहिले पनि त्यस्तै अवस्थामा देख्दा त्यसको संरक्षण नभएको त छँदै थियो, चोरीसमेत नहुँदा उनलाई अनौठो लाग्यो। 

हामीले त्यस मूर्तिको रिपोर्टिङ गर्छौं भन्दा बज्राचार्यले हाँस्दै भनेका थिए, 'तपाईंहरूलाई त्यसबारे भन्नै मिल्दैन। मान्छेले त्यसको महत्व थाहा नपाएकै बेस, त्यो सुरक्षित त रहन्छ।'

यस्ता जानकारी सार्वजनिक हुनेबित्तिकै सरकारले तत्काल सुरक्षा दिन नसके चोरीको डर बढ्ने उनको भनाइ थियो।

हाम्रा कति मूर्तिहरू यस्तै हेल्चेक्र्याइँका कारण चोरीको शिकार भए होलान्! कति त सुरक्षा घेरामा राख्दा राख्दै हराएका छन्। कति भने पहिलेका राजा–मन्त्रीले उपहारका रूपमा दिँदा विदेश पुगेका छन्।

प्रकाशित मिति: : 2021-07-29 17:56:00

प्रतिकृया दिनुहोस्