माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि पदमुक्त भएका चार नेताहरुले सांसद पदमा पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ।
सांसद पदबाट हटाउने निर्णय खारेजी र सांसद पद पुनर्बहालीको माग गर्दै उनीहरुले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।