ललितपुर प्रहरीको सराहनीय कार्यः प्रहरी सघाउनेलाई सम्मान (भिडियाेसहित)

कोरोना कहरमा प्रहरीको काम–कारबाहीलाई सघाउने ललितपुरका विभिन्न ब्यत्ति र निकाएलाई सम्मान गरिएको छ।

बन्दाबनन्दीलाई ब्यवस्थित गर्नका लागि प्रहरीको कामलाई स्थानीयस्थरबाट सहयोग गरेकै कारण ललितपुर महामारीको चपेटाबाट बचेको निष्कर्ष निकाल्दै ललितपुर प्रहरीले स्थानीयलाई सम्मान गरेको हो। 

बुधबार ललितपुर प्रहरी परिसरमा आयाेजित एक कार्यक्रममार्फत् ती ब्यक्ति र संस्थालाई सम्मान गरेको हो। 

समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी–नागरिकको सहकार्य अपरिहार्य भएको भन्दै प्रहरीका हर काम–कारबाहीलाई स्थानीयस्थरबाट सहयोग गरिदिन ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले आग्रह गरिन्।

कार्यक्रममा बोल्दै एसएसपी ब्रर्जचार्यले भनिन्, 'हिजो लकडाउनमा जलितपुर बासीले प्रहरीलाई गरेको सहयोगलाई मैले भुलेको छैन,' एसएसपी उनले भनिन्। 

प्रहरी कुनै अर्को दुनियाबाट आएको ब्याक्ति हैन, प्रहरीपनि यही समाजबाट आएको हो, हामीले प्रहरीलाई जति सहयोग गर्छौ त्यतीनै समाज सान्त सहन्छ एसएसपी बज्राचार्यले भनिन्।

राजधानी भएतापनि ललितपुर र मकवानपुरसँग जोडिएको छ। ललितपुरको शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई निकै चुनौती हुने गर्छ। 

बज्राचार्य प्रहरी प्रमुख भइ आएयता लतिपुरमा हुने अपराधमा कमी आएको स्थानीयहरूको भनाइ छ।

प्रकाशित मिति: : 2021-07-28 21:15:00

प्रतिकृया दिनुहोस्