वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

अनलाइनखबर

काठमाडौं

कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । यस्तो नारा लगाउने कति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनुपर्‍यो ।

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं । यो व्यवस्थामा राजतन्त्र र जनमत सङ्ग्रहको नारा लगाउनेहरुलाई आतंककारी घोषणा गरिँदैन, जेलनेल बस्नुपर्दैन र जीवन गुमाउनु पर्दैन ।

सम्भवतः लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । जस्तो कि राप्रपाले राजासहितको राजनीतिक व्यवस्थाको लागि खुलारुपमा कार्यक्रम गर्न पाइरहेको छ, शशांक कोइरालाहरु धर्म सापेक्षताको नारा लगाउन पाइरहेका छन् । रवीन्द्र मिश्रहरु धर्म सापेक्षता र एकात्मक राज्य प्रणालीको पक्षमा जनमत सङ्ग्रहको माग गर्न पाइरहेका छन् ।

यसअघि साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रले संकेत मात्रै गरे पनि अहिले भने खुलम्खुल्लारुपमा संघीयताको खारेजी र धर्मनिरपेक्षताको मुद्दामा जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेका हुन् । उनले घुमाउरो गरी राजाको स्वीकार्यता बढिरहेको पनि तर्क गरेका छन् । जबकि उनकै पार्टीले संविधानवाद स्वीकार्छ । नेपालको संविधानले धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता जस्ता प्रणालीलाई आफ्नो प्रस्तावनामै समेटेको छ ।

प्रकाशित मिति: : 2021-07-28 17:27:00

प्रतिकृया दिनुहोस्