बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) को कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन्।
बुधबार सर्वोतच्च अदालतमा सांसद पद पुनर्बहालीका माग गर्दै रिट दायर गरेको नेता रायमाझीले आफू माओवादी केन्द्रमै भएको रेकर्ड निर्वाचन आयोगमा रहेको बताएका हुन्।
‘म निवेदकले अर्को दल गठन गरेको पनि छैन,’ नेता रायमाझीले रिट निवेदनमा उल्लेख छन्, ‘मिति २०७८/३/२३ मा निर्वाचन आयोगमा निवेदन गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको नाम लिष्टको प्रमाणित प्रतिलिपि उतार गरी लिएकोमा मिति २०७८/३/२३ को आयोगको रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्यमा छु। नेकपा एमालेको केन्द्रीय कार्यसमितिको लिष्टमा छैन।’
त्यस्तै उनले निवेदनमा दल परिवर्तनको आरोप झुट्टा भएको भन्दै उनले भने, ‘दुवै आयोगबाट प्रमाणित लिष्ट आयोगको मिति २०७८/३/२३ को प.सं. ०७७१७८ च.नं. २५९ को पत्र साथ मलाई प्राप्त भएका र पत्र तथा दुवै दलको लिष्ट निवेदन साथ पेश गरेको छु। यस कारण दल परिवर्तन गरेकै छैन। झुट्टा आरोप लगाई गरेको कारवाही बदर गरी पाउँ।’
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो।
संसद् सचिवालयले उनीहरुलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया