शिलापत्र
श्याम श्रेष्ठ
चिनियाँ कम्युनिस्ट पार्टीले हालै आफ्नो सयौँ जन्मोत्सव विश्व नै हल्लिने गरी मनाएको छ । उसै पनि चिनियाँ कम्युनिस्ट पार्टी आजको विश्वको सबैभन्दा ठूलो राजनीतिक दल हो । उसको पार्टी सदस्यता संख्या नै साढे ९ करोड नाघेको छ र उसका प्राथमिक तहका पार्टी संगठनहरू नै ४९ लाखभन्दा बढी छन् । यति धेरै पार्टी सदस्यता र पार्टी संगठनको सञ्जाल विश्वमा कुनै पनि दलको रहेको देखिँदैन । तर, चिनियाँ कम्युनिस्ट पार्टी उसको भीमकाय साइजका कारण मात्र विश्वमा गणनायोग्य भएको भने पक्कै होइन । उसले यसबीचमा सम्पन्न गरेका विश्व नै चकित पार्ने काम र हासिल गरेका उदेकलाग्दा उपलब्धिका कारणले संंसारमा यति चर्चित हुन पुगेको हो ।
उदेकलाग्दा सात उपलब्धिहरू
भारतमा भारतीय कम्युनिस्ट पार्टी सन् १९२५ मा स्थापना भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीभन्दा मात्र चार वर्षपछि । परन्तु, आफ्नो उमेर ७३ वर्ष भइसक्दा पनि उसले त्यहाँ पूरै देशमा न त जनवादी क्रान्ति सम्पन्न गर्न सक्यो, न सामन्तवाद र साम्राज्यवादको चंगुलबाट आफ्नो देशलाई मुक्त गर्न । उसका उल्लेख्य काम पश्चिम बंगाल र केरलामा सत्तारुढ हुँदा गरेका केही सुधारहरूमा सीमित छन् ।
यता चीनको हकमा भने पार्टी स्थापना भएको २८ वर्षमै चिनियाँ कम्युनिस्ट पार्टीले माओ जेदोङको अगुवाइमा आफ्नो देशमा सफलतापूर्ण ढंगले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गराउन समर्थ भयो । क्रान्ति सम्पन्न भएको दश वर्ष पनि नबित्दै देशमा क्रान्तिकारी भूमिसुधार र सहकारीकरण सम्पन्न गरेर देशव्यापी रूपमा सामन्तवादको हालीमुहालीलाई जरा नै समाप्त पार्न सक्यो । साथै, सबै असमान तथा उत्पीडनकारी साम्राज्यवादी सन्धि सम्झौताको भोटे साङ्लोबाट चीनलाई मुक्त गर्नमा समेत उसले सफलता हासिल गर्यो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया