लुम्बिनीका ३ प्रदेशसभा सदस्य जसपाबाट निस्कासित

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनीका तीनजना प्रदेशसभा सदस्य निष्कासित गरेको छ।

मंगलबार बसेको केन्द्रीय कार्यकारणी बैठकले शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी सांसदहरूलाई निष्कासित गर्ने  निर्णय लिएको हो।

निष्कासनको निर्णय गरेका सांसदहरुमा विजयबहादुर, यादव कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डे रहेका छन्।

उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ। 

जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन्।

जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने समस्या हुने देखिएको छ।

पोखरेल नेतृत्वको सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि सुमन रायमाझीले राजीनामा दिइसकेकी छिन्।

प्रकाशित मिति: : 2021-07-27 18:55:00

प्रतिकृया दिनुहोस्