एनआरएनए पेन्सिलभेनिया च्याप्टरका नवनिर्वाचित पदाधिकारीले लिए सपथ 

बिएल संवाददाता

पेन्सिलभेनिया

एनआरएनए पेन्सिलभेनिया च्याप्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थले पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

सुभाषकुमार बैठाको अध्यक्षतामा पहिलोपटक गठिन एनआरएन पेन्सिलभेनिया च्याप्टरको उपाध्यक्षमा सरिता लामा, सचिवमा रमेश लामिछाने, सहसचिवमा नारायण वास्तोला र युथ कोअर्डिनेटरमा सलिम गर्वुजा रहेका छन्। १२ सदस्यीय कार्यसमितिका सदस्यहरुमा तेजप्रसाद पन्थी, समुन्द्र कार्की, माधव पोख्रेल, पूर्ण लम्साल, सुवाश विष्ट र रविन पाख्रिन छन्।

‘व्रुकमेडो फर्म ह्यारिसवर्ग’मा आयोजित कार्यक्रममा नेपाल सरकारका अवैतानिक महावाणिज्यदुत प्रेमराजा महतले पेन्सिलभेनियामा च्याप्टर गठनप्रति खुशी व्यक्त गर्दै संस्थामार्फत मातृभूमि र यहाँस्थित नेपालीहरुको हितमा काम गर्न सहज हुने बताएका छन्। वरिष्ठ उपाध्यक्ष पन्थले प्रवासमा एनआरएनए महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै च्याप्टरसँग सहकार्य गरी प्रभावकारी कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरे।

नवगठित च्याप्टरको व्यानर उद्घाटन समेत गरिएको सो कार्यक्रममा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, एनआरएन आईसीसी टेक्निकल सव कमिटी सदस्य यदु वन्जारा, एनआरएनए क्षेत्रिय संयोजक समर वुढाथोकी, एनआरएनए अभियानमा सक्रिय वुद्धिराज कालाखेति, भेषराज खत्री, जयन्द्र लामालगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए। 

प्रकाशित मिति: : 2021-07-27 05:52:00

प्रतिकृया दिनुहोस्