सुरक्षा फौजको चेन अफ कमाण्ड भत्काउने शक्तिशाली ओली सरकार

शिलापत्र

काठमाडौँ

 कृष्णसिंह लाेथ्याल

गत साता आयोजित युवा संघको कार्यक्रममा केपी ओलीनिकट नेता महेश बस्नेतले भनेका थिए, ‘अहिले प्रहरी प्रशासनलगायतका निकायमा एमाले निकै बलियो छ । अहिले मुलुकको स्थायी सत्ता एमाले हो । प्रहरीमा एमालेलाई माया गर्ने धेरै साथीहरू हुनुहुन्छ । झुटा मुद्दा लगाउन खोजे त्यो खारेज हुनेछ । र, हामी प्रतिकारमा उत्रिनेछौँ ।’

बस्नेतले यसो भन्दा प्रधानमन्त्रीबाट केपी ओली बाहिरिइसकेका छन् । बस्नेतले यसो भन्नुको अन्तर्य गहिरो छ ।

प्रहरी संगठनमा ओली सरकारले नियुक्त गरेका प्रहरी प्रमुख (आईजीपी) शैलेश थापा क्षेत्री छन् । वरीयताअनुसार नै क्षेत्री प्रहरी प्रमुख बने । तर, ओली सरकारले क्षेत्रीका उत्तराधिकारी भने प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काएर तय गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा एकल बढुवा गरेर भावी आईजीपीको दौडमा अगाडि उभ्याइदियो । 

सङ्गठनात्मक स्वरूप निर्धारणपूर्व गरिनुपर्ने संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्भेबिनै ओली सरकारले नयाँ दरबन्दी सिर्जना गरेर १५ मंसिर २०७७ मा पोखरेललाई एआईजीमा बढुवा गर्‍यो । 

तत्कालीन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको करबलमा पोखरेल आफ्ना ब्याचीलाई पछाडि छोडेर एआईजी बनेका हुन् । २४ मंसिरमा बसेको संसदको राज्य व्यवस्था तथ सुशासन समितिले कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, पालना भएन । 

प्रकाशित मिति: : 2021-07-26 18:35:00

प्रतिकृया दिनुहोस्