जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका चौधरी सोमबार दिउँसो निर्वाचन आयोग पुगेका हुन्।
निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो। त्यसैको लागि चौधरी कारागारबाट आयोगमा पुगेका हुन्।