बिएल संवाददाता
जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ।
सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा दिएकाे निवेदन आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको स्राेतले जनाएकाे छ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकाे जसपामा अध्यक्ष यादवले आफू पक्षमा बहुमत रहेकाे दाबी गर्दै आएका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूकाे हुनुर्ने दाबी गर्दै आएकाे छ। जसका कारण पार्टीकाे आधिकारिकताका विषयमा जसपा विवाद छ। साेही विवाद सुनुवाइका लागि आयाेगले आज केन्द्रीय कार्यकारिणि समितिका सदस्यलाई बाेलाएकाे हाे।
अहिले आयोगमा ‘हेड काउन्ट’ जारी रहेको छ। आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ।
आयोगले कार्यकारिणि समितिका सदस्यकाे बहुमत जता देखिन्छ त्यसलाई जसपाकाे आधिकारिकता दिएर पार्टीकाे नाम र चुनाव चिन्हसहित आउन समय दिनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया