बिएल संवाददाता
जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ।
सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा दिएकाे निवेदन आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको स्राेतले जनाएकाे छ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकाे जसपामा अध्यक्ष यादवले आफू पक्षमा बहुमत रहेकाे दाबी गर्दै आएका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूकाे हुनुर्ने दाबी गर्दै आएकाे छ। जसका कारण पार्टीकाे आधिकारिकताका विषयमा जसपा विवाद छ। साेही विवाद सुनुवाइका लागि आयाेगले आज केन्द्रीय कार्यकारिणि समितिका सदस्यलाई बाेलाएकाे हाे।
अहिले आयोगमा ‘हेड काउन्ट’ जारी रहेको छ। आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ।
आयोगले कार्यकारिणि समितिका सदस्यकाे बहुमत जता देखिन्छ त्यसलाई जसपाकाे आधिकारिकता दिएर पार्टीकाे नाम र चुनाव चिन्हसहित आउन समय दिनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया