चाहिएजति नेपालमै बनाउन सकिन्छ प्राङ्गारिक मल, तर रासायनिक किन्न वर्षैपिच्छे बाहिरिन्छ अर्बाैं रकम

शिलापत्र

काठमाडौं

सरकारले कृषि उत्पादन बढाउन रासायनिक मलमा बर्सेनि अनुदान रकम बढाउँदै लागे पनि प्राङ्गारिक मलको योजना ओझेलमा परेकाे छ। चालु आर्थिक वर्षमा प्राङ्गारिक मल उत्पादनका लागि बजेट नै छुट्याइएन। तर, रासायनिक मलमा दिइने अनुदान बढाएर १२ अर्ब पुर्‍याइएकाे छ।

१५ वर्षयता ७० अर्ब बजेट मल अनुदानका लागि विनियोजन गरिएको कृषि मन्त्रालयको जनाएको छ। यसबीचमा सरकारले प्राङ्गारिक मल उत्पादनकाे विशेष योजनाहरू नल्याएकाे पनि हाेइन। सरकारले रासायनिक मल उत्पादनका लागि नेपालमै उद्योग खोल्ने निर्णयसमेत गरेको थियो। तर, ती सबै याेजना कागजमै सीमित भएकाे देखिन्छ। मन्त्रालयकाे दाबीअनुसार यसअघिकाे याेजनामा काम गर्ने तयारी भइरहेकाे छ। 

४० प्रतिशत कृषि उत्पादनमा सहयोग गर्दै आएको प्राङ्गारिक मल उत्पादन र संरक्षण याेजनाकाे कार्यान्वयन सरकारकाे प्राथमिकतामै नपरेकाे देखिन्छ। सरकारले अहिले वार्षिक ४ लाख मेट्रिक टन रासानिक मल भारत, बंगलादेश र अन्य देशबाट किन्दै आएको छ। नेपालमा २०३० सालदेखि रासायनिक मल आयात हुन थालेको हो। 

प्रकाशित मिति: : 2021-07-25 14:23:00

प्रतिकृया दिनुहोस्