जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै…

पहिलोपोष्ट

काठमाडौँ
  • भूमिका विष्ट-

स्कुलमा बालविवाह गर्नु हुदैन भन्ने पढेकी जमुना १६ वर्षमै विवाह गर्न बाध्य भइन्। जमुना सानै छँदा उनको बुवाको मृत्यु भएछ। आमाले ज्याला मजदूरी गरेर जमुना र उनकी बैनीलाइ स्कुल पढाउनु भएको थियो। जमुनाको गाँउमा उनकै उमेरका धेरै केटी स्कुल जाँदैन्थे। जमुना बेलाबेला उनीहरुलाई स्कुल पढ्नु पर्छ भनेर पनि सम्झाउँथिन्। उनी आफ्नो आमाले गरिबीका बाबजुद पनि स्कुल पढाएको कुरा सुनाएर अरु केटीलाइ पढ्न प्रेरित गर्थिन्। जमुनाले आमाले गरेको दु:ख राम्रोसँग बुझेकी थिइन्। त्यसैले धेरै पढेर आमालाई सुखी बनाउने सपना उनले बुनेकी थिइन्। छिटो पढाइ सकेर आमाको जिम्मेवारीमा साथ दिएर बहिनीलाई पनि राम्रो पढाउने जमुनाले सोचेकी थिइन्। तर सबै सोचेजस्तो कहाँ हुने रहेछ र!  

एकदिन जमुना ढिक्कीमा धान कुटेर आँगनमा चामल छान्दै थिइन्। त्यही बेला छिमेकी एकजना भाउजुले उनलाई 'नानी तराइमा बिहे गरेर जाउ, ढिक्की कुट्नु पर्दैन' भनेर जिस्क्याइन्। जमुनाले भाउजुको कुरा बुझिनन् र ढिक्कीमा चामल कुट्दा जोगिने पैसाले घरको खर्च चल्ने जवाफ दिइन्। खासमा ती भाउजुले आफ्नो भाइ नाता पर्ने केटाको कुरा घरमा पुर्‍याएकोले जिस्काएकी रहेछिन्। धान कुटेर जमुना घर पुग्दा, उनकी आमा निरास भएर बसेकी थिइन्। धान कुट्दा थाकेर आएकी जमुनाले आफ्नो भन्दा बढी थकान आमाको आँखामा देखिन्। छिमेकीले छोरीको बिहेको कुरा गरेकोले आमा चिन्तित हुनु भएको जमुनालाइ भन्नु भएन। साँझ धारामा पानी लिन जाँदामात्र छिमेकी भाउजुले नै जमुनालाई बिहेको कुरा बताएकी थिइन्।

प्रकाशित मिति: : 2021-07-25 11:52:00

प्रतिकृया दिनुहोस्