माधव नेपाल एमाले फुटाउने मिसनमै हुनुहुन्छ, कसरी 'कन्भिन्स' गर्नु?

पार्टीलाई धोका दिएर अन्तरघात गर्नु ठूलो गद्दारी

नेपाल खबर

बिनु सुवेदी

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ब्यूँतिएको नेकपा एमाले अहिले एकताबद्ध छैन। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद बढिरहँदा फुट्न पनि सकिरहेको छैन। दोस्रो तहका नेताहरु पार्टीलाई एक बनाउने प्रयाससहित दौडधूपमै छन्। एमालेलाई एक बनाउन प्रक्रियामध्ये एकजना नेता पृथ्वी सुब्बा गुरुङ पनि एक हुन्। एमाले सचिव गुरुङसँग एकताको प्रयास र सम्भावनाबारे गरिएको कुराकानीको सम्पादित अंश:

गण्डकी प्रदेशको मुख्य मन्त्री हुँदा यहाँको पोखरा–काठमाडौं म्याराथन असाध्यै धेरै चलिरहेको थियो । अहिले कस्तो छ त ? 

पहिला धेरै दौडादौड थियो। सरकार चलाउन पोखरा पुग्नुपर्ने फेरि पार्टीको स्थायी कमिटीको बैठक हुँदा काठमाडौं दौडिहाल्नुपर्ने हुन्थ्यो। अहिले त म्याराथन भन्दा पनि काठमाडौंमै धेरै बसाई भइरहेको छ।  अहिले मिनी म्याराथन छ भनौं न। भर्खरै केन्द्रीय कमिटीको बैठक सकिएको छ। अब छिट्टै अर्काे बैठक बस्ने कुरा छ। 

भर्खरै सकिएको एमालेको चार दिने बैठकको सुरुवात र अन्त्य अनौठो देखियो। माधव नेपाल र उहाँको समूहलाई गद्दार करार गर्दै सुरु भएको बैठक आममाफीमा पुगेर टुंगियो। यो कसरी सम्भव भयो? 
संसदीय भाषामा भन्दा मुख्य प्रतिपक्षी पार्टी र कम्युनिष्टको परम्परागत भाषामा भन्दा बुर्जुवाहरूको पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टी अध्यक्षविरुद्ध लाग्नु र आफ्नो सरकार गिराउने कुरा गर्नु कम्युनिष्टको परम्परागत भाषामा गद्दारी नै हो। 

तर हामी सकभर सबैलाई पार्टीले स्पेस दिनुपर्छ र पार्टी एकताबद्ध बनाउनुपर्छ भनेर लागेका छौं। माधवजीलाई पनि अधिकतम् सम्बोधन दिएर ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो। 

प्रकाशित मिति: : 2021-07-25 08:53:00

प्रतिकृया दिनुहोस्