प्रियंकाको ‘बेबी बम्प’ले चुलिएको सामाजिक बहस : हामी कहाँ छौं ?

‘पितृसत्ताले निर्माण गरेको घेरा तोड्न खोज्दाको प्रतिक्रिया’

रातोपाटी

टुना भट्ट

यतिबेला सामाजिक सञ्जालमा दुई किसिमका तस्बिरले चर्चा बटुलेको छ। एउटा ‘बेबी बम्प’ वाली आमा र अर्को बिरामी सन्तानको उपचारका लागि खर्च जुटाउन काखमा भाले र पिठ्यूँमा बिरामी सन्तान बोकेर हिँडेकी आमा।

कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाउँदै सन्तान प्राप्ति जीवनकै सबैभन्दा सुन्दर अवस्थाको रुपमा चित्रण गर्दै गर्दा विभिन्न टीकाटिप्पणीको सामना गर्नुपरेको छ। तर, उनले आफू नकारात्मकताको पछि नलाग्ने बताउँदै आइरहेकी छिन्।

प्रियंकाले ‘वी आर प्रेग्नेन्ट’ भन्दै आफू गर्भवती भएको समाचार आफ्ना शुभचिन्तकहरुमा बाँडिन्।  गर्भावस्थाको हरेक क्षणलाई उनले विभिन्न भिडियो ब्लग बनाउँदै सार्वजनिक गर्दै आइन्। उनले महिला र गर्भावस्थाप्रति समाजको दृष्टिकोण बदल्नकै लागि आफूले यो अवस्थालाई खुशियालीको रुपमा साटेको बताएकी छिन्।

प्रकाशित मिति: : 2021-07-24 17:18:00

प्रतिकृया दिनुहोस्