संवैधानिक परिषद् : देउवा र ओलीको भेट हुने थलो

अब कसरी बस्ला संवैधानिक परिषद् बैठक ?

रातोपाटी

काठमाडौं

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरेका नियुक्तिको अवस्था के होला भन्ने प्रश्न अदालतमा विचाराधीन छ । यही बेला देउवा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरिदिएको छ । यो परिस्थितिमा अब बस्ने संवैधानिक परिषद् बैठकको दृश्य कस्तो होला ?

यसअघि प्रधानमन्त्रीको हैसियतमा परिषद्को अध्यक्ष रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अब विपक्षी दलको नेताको हैसियतले संवैधानिक परिषद् सदस्यको रूपमा रहनेछन् । यसअघि सदस्य रहेका शेरबहादुर देउवा अब  संवैधानिक परिषद् अध्यक्षको भूमिकामा हुनेछन् ।

राज्यका संवैधानिक अङ्गहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्मा अहिले ५ सदस्य छन् । प्रतिनिधिसभामा उपसभामुख नभएका कारण एक सदस्य रिक्त रहेको हो ।

आफू अध्यक्ष रहेर संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गर्ने ठाउँमा देउवा पुगेपछि परिषद्मा अब ओलीको भूमिका कस्तो हुन्छ, त्यो चासोको विषय बनेको छ ।

परिषद्का सदस्यहरूमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली नजिक छन् भने सभामुख अग्नि सापकोटा देउवा नजिक छन् । उपसभामुख पदको निर्वाचन कहिले हुन्छ र कुन पार्टीबाट हुन्छ टुङ्गो छैन ।

प्रकाशित मिति: : 2021-07-22 11:33:00

प्रतिकृया दिनुहोस्