बिएल संवाददाता
चीनका चर्चित र्यापर क्रिस वूमाथि यौन अपराधकाे आरोप लागेको छ। उनीलाई १९ वर्षीया डू मीजूले याैन अपराधकाे आरोप लगाएकी हुन्।
केही समयअघि डू मीजले सामाजिक सञ्जालमार्फत क्रिसको हिंसक व्यवहारको खुलासा गरेकी थिइन्। उनले क्रिस र कम उमेरका किशाेरीहरूले गरेकाे कुराकानी सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्, जसमा क्रिसले किशाेरीहरूलाई कला क्षेत्रमा स्थापित गराइदिने भन्दै याैन सम्बन्धका लागि लाेभ्याएका छन्।
उनले क्रिसले कम उमेरका किशाेरीहरूलाई रक्सी पिलाएर याैन सम्पर्क गर्ने गरेकाे दाबी गरेकी छिन्।
‘आफ्नो कुरा बाहिर नल्याउन क्रिसले मलाई ७७ हजार १ सय ६६ डलर दिन खाेजेका थिए।’ चीनकाे पत्रिका ग्लोबल टाइम्समा डू मीजले भनेकी छिन्।
स्राेत: ग्लोबल टाइम्स
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया