मङ्गलबार, ०६ अक्टोबर २०२६

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश

News Image
• • •

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा २ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असोज १२ मा पक्राउ गरेको थियो। हिरासतमा राखेर अनुसन्धानपछि प्रसाईंविरुद्ध विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा अदालतमा मुद्धा दर्ता भएको थियो।

सांसद खतिवडाले घोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए। खतिवडाका छोरा रसिक खतिवडा जेनजी आन्दोलनमा सहिद भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!