शेरबहादुरजीलाई स्यानो पत्र

शिलापत्र

खगेन्द्र संग्राैला

शेरबहादुरजी,

माफ गर्नुहोला, तपाईंको नामअगाडि मैले तपाईंको पदीय जुरो राखिनँ। मलाई अनौपचारिकतामै मन खोलेर सत्य बोल्न सहज हुन्छ। त्यसो त तपाईं भाषामा आफूलाई मानैमान खोज्ने र अरुलाई अपमानै अपमान गर्ने खड्गप्रसाद शर्मा ओलीजस्तो हुनुहुन्न भनेर पनि हो। मनभरि सन्देह लिएर अहिल्यै तपाईंलाई बधाई भन्न म हतार गर्दिनँ।  बाँचीबर्ती रहे तपाईंको यो कार्यकाल सकिएको दिन तपाईंका शासकीय कर्महरूका नतिजा हेरेर तपाईंलाई बधाई भनूँला वा ओठ जाम गरुँला। 

शेरबहादुरजी, कांग्रेसको सांसद संख्या छ जम्मा ६१, एउटै जीवनमा तपाईं पाँचौँ पटक हुनुभयो प्रधानमन्त्री। र, विश्वासको मत हात लाग्यो तपाईंलाई त्यतिका १६५ सांसदको ! तपाईंको फुस्रो तालुमा अनपेक्षित आलु– यो उल्का कसरी भयो ? यो लोकमतको तपाईंप्रतिको आकर्षणको द्योतक किमार्थ होइन, यो लोकमतको ओलीप्रतिको विकर्षणको द्योतक हो। एमाले भत्किँदा तपाईंलाई यो अकल्पित औसर जुर्‍यो भन्ने ज्ञानीवाणी मैले कताकती सुनेको छु।

तर, यो ज्ञानीवाणी केवल अंश सत्य हो। पूर्ण सत्य के हो ? मैमत्त अहंकारी सत्तासीन ओलीलाई राज्य मै हुँ, राजै मै हुँ भन्ने लाग्यो। मति र कर्मको प्रवृत्ति हेरेर भुक्तभोगी लोकले ओलीलाई भष्मासुरको संज्ञा दियो। यथा नाम तथा काम। ओलीले जे छोए, त्यो भत्क्यो। यिनले नेकपा डब्बललाई छोए, त्यो भत्क्यो। यिनले जसपालाई छोए, त्यो भत्क्यो। यिनले एमालेलाई छोए, त्यो भत्क्यो। यिनले संसदलाई छोए, त्यो भत्क्यो। यिनले संविधानलाई छोए, त्यो भत्क्यो। यो सारा तोडफोडबाट उत्पन्न विराट् कोलाहलले हल्लाएर ओलीको सिंहासनै भत्क्यो। र, त्यही रिक्त स्थानमा तपाईंका तालुमा फल्यो आलु। 

प्रकाशित मिति: : 2021-07-21 18:03:00

प्रतिकृया दिनुहोस्