बालकोटदेखि खुमलटारसम्म विप्लवले छेडेको बहस : संसदीय व्यवस्थाविरुद्ध जनमत संग्रह !

रातोपाटी

काठमाडाैं

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । सो समूहका नेताहरुले पछिल्लो एकसाताबीचमै विभिन्न पार्टीका करिव आधा दर्जन शीर्ष नेतासँग भेटघाट गरिसकेका छन् ।

असार ३० बाट माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट सुरु गरेर यो अभियानको थालनी गरेका महासचिव विप्लवसहितका नेताहरुले माओवादी क्रान्तिकारीका नेता मोहन वैद्यका साथै पूर्वमाओवादी नेता तथा हाल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई पनि भेटिसकेका छन् ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहलगायतको टोलीलाई पनि विप्लवले भेटेका छन् ।

मंगलबार मात्रै विप्लवको टोलीले बालकोटमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेको छ ।

आखिर, विभिन्न दलका नेताकहाँ घरदैलोजस्तै गरी पुगिरहेका नेत्रविक्रम चन्द विप्लव र उनको पार्टीका नेताहरुको राजनीतिक एजेण्डा चाहिँ के होला ? के उद्देश्य लिएर उनीहरुले राजनीतिक भेटघाट तीव्र पारेका होलान् ?

प्रकाशित मिति: : 2021-07-20 22:05:00

प्रतिकृया दिनुहोस्